जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • डायनामिक डेस्टिनेशन फाउन्डेसन नेपालद्धारा नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डायनामिक डेस्टिनेशन फाउन्डेसन नेपालद्धारा नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, – नयाँ वर्ष २०८२ को अवसरमा डायनामिक डेस्टिनेशन फाउन्डेसन नेपाल र डायनामिक वल्र्ड फिटनेसको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, युवा प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रममा विशेष रौनकता थपेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल–भारत मैत्री समाजका अध्यक्ष डा. प्रेम लस्करीले नेपाल–भारतबीचको पुरानो, गहिरो र ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यस्तो किसिमका कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

उनले नयाँ वर्षलाई सकारात्मक सोच, आपसी सम्मान र सहकार्यका साथ अघि बढ्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए । साथै, अहिलेको सामाजिक परिवेशमा स्वास्थ्य, सद्भाव र युवाको सक्रिय सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि नयाँ वर्षलाई आत्ममूल्यांकन, संकल्प र सकारात्मक परिवर्तनको सुरुवातको रूपमा लिनुपर्ने धारणा राखे । सामाजिक एकता, स्वास्थ्यप्रति सचेतना र जिम्मेवार नागरिक बन्ने कुरामा विशेष जोड दिइयो। साथै, युवाहरूलाई नेतृत्वमा अघि ल्याउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरियो।

कार्यक्रमकी संयोजक तथा डायनामिक डेस्टिनेशन फाउन्डेसन नेपालकी अध्यक्ष डा. तिलु रानाले “समाजमा सकारात्मक सोच, ऊर्जा र एकता फैलाउन यस्ता कार्यक्रमको भूमिका ठूलो हुने र आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रममा संगीत, संवाद र प्रेरणादायी मन्तव्यहरू मार्फत नयाँ वर्षको स्वागत गरिएको थियो। सहभागीहरूले शुभकामना साटासाट गर्दै आगामी दिनमा समाज सुधार र समृद्धिको साझा यात्रामा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका