जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नेपालमा एमसीसीले फेरि थाल्यो काम, लाग्यो २१ अर्बका दुई ठेक्का

नेपालमा एमसीसीले फेरि थाल्यो काम, लाग्यो २१ अर्बका दुई ठेक्का

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ ।

एमसीसीको स्थानीय निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई वटा कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।

रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग सम्झौता भएको छ । यस्तै नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको छ ।

यी सम्झौताअन्तर्गत १ सय ८० किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ । यसको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर छ । अहिलेको विनिमय दर अनुसार यो २१ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ । ठेक्का ४२ महिनाको दिइएको छ । निर्माण कम्पनीहरूले तोकिएको समयभित्रै निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

सम्झौतापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३ सय १५ किलोमिटरको कुल प्रसारण लाइनमध्ये १८ किलोमिटरको गएको वर्ष नै सम्झौता भएको र बाँकी १ सय १७ किलोमिटर प्रसारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी रहेको बताए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК