जोडिनुहोस

सुमनाले छाडिन् रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी परित्याग गरेको उनीनिकट नेताले बताएका छन् ।

यसबारे सोध्न पटक-पटक श्रेष्ठलाई सम्पर्क गरे पनि उनीसँग सम्पर्क हुन सकेको छैन । उनलेे यसबारेमा सार्वजनिक रूपमा केही बोलेकी छैनन् । पार्टीकी सह-मामन्त्री रहेकी श्रेष्ठले करिब तीन महिना अगाडि नैपदबाट राजीनामा दिएकी थिइन्।

तन र उनको राजीनामा पार्टीले स्वीकृति गरेको थिएन। सभापति रवि लामिछानेले उनको राजीनामा रोकेका थिए । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा शीतल निवास पुगेकी उनी मन्त्री बन्ने चर्चा चलेको थियो ।

तर उनी आफैंले भने मन्त्री नहुने बताएकी छन् । रास्वपाकी समानुपातिक सांसद उनी यसअघि शिक्षा मन्त्री भइसकेकी छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका