जोडिनुहोस
  • होमपेज
  • क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

काठमाडौं– जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक सहयोग गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै उनले सो बताएकी हुन् ।

जुन आतंकजस्तो व्यक्तिका घरमाथि फैलाइयो, व्यक्तिको सम्पत्तिको, व्यापारीको सम्पत्ति र उद्योगीको सम्पत्ति पनि नास्ने काम भएको छ, कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्, त्यसलाई राज्यले हेर्नुपर्ने छ, सहुलियत ऋणबाट हुनसक्छ कि’, उनले भनिन् ।

उनले केही व्यापारीले आफू उठ्ने छौँ भन्ने कुराका लागि धन्यवाद समेत व्यक्त गरेकी छन् । ‘केही व्यापारीले हामी उठ्नेछौँ भन्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ, राज्यको तर्फबाट सल्लाह चाहिने हो कि के चाहिने हो त्यो गर्न तयार छौँ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका