जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमण हुँदा ६ जना शान्ति सैनिकको मृत्यु, ७ घाइते

सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमण हुँदा ६ जना शान्ति सैनिकको मृत्यु, ७ घाइते

सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ।

सुडानी अधिकारीहरूले शनिबार साेही आक्रमणमा परी ७ जना घाइते भएको बताएका हुन् । सुडानी सशस्त्र बलले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सलाई आक्रमण गरेको आरोप लगाएको छ। जुन आरोप अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सले अस्वीकार गरेको हाे। ड्रोनले संयुक्त राष्ट्र संघको मुख्यालय र बंगलादेश बटालियनमा तीन वटा मिसाइल प्रहार गरेको थियो। जसले गर्दा संयुक्त राष्ट्र संघको भण्डारण सुविधामा आगो लागेको थियो।

सबै हताहत बंगलादेश बटालियनका सदस्यहरू थिए। जुन सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईको लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको हिस्सा हो। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्ले कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको परिसरमा ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको कुराको निन्दा गरेको छ। यसलाई अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको सुविधालाई प्रदान गरिएको सुरक्षाको गम्भीर उल्लंघन भनिएकाे छ।

सुडान सन् २०२३ अप्रिल १५, तारिखदेखि घातक द्वन्द्वमा फसेको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact