जोडिनुहोस
  • होमपेज
  • दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

काठमाडौं : दुम्सी मार्न प्वालमा छिरेका एक पुरुष त्यहीँ अड्किएपछि प्रहरीले उद्धार गरेको छ।

सप्तरीको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।

सो लगत्तै उनीसँगै गएका उनका साथीहरुले जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिन मुनी फसेका रेग्मीलाई करीब २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो ।

उद्धार पश्चात् उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाइएको छ। उनी पहिले देखि नै दुम्सीको सिकार गर्दै आइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका