जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा

कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघमा भाँडभैलो भएको छ । संगठन अस्तव्यस्त बनेको भन्दै विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि बुधवार संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् ।

यसअघि उनीहरूले चारबुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । उनीहरूले चैत २१ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्ने ज्ञापन पत्र’ बुझाएका थिए ।

पत्रमा महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग राखेकी थिइन् ।

राजीनामा पत्रमा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate