जोडिनुहोस
  • होमपेज
  • जापानी राजदूतले अवलोकन गरे केएनपी कारखाना

जापानी राजदूतले अवलोकन गरे केएनपी कारखाना

काठमाडौं । नेपालका लागि जापानका राजदूत मेएडा टोरूले वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान कारखानाको अवलोकन गरेका छन् ।

यही क्रममा उनलाई केएनपी जापानका निर्देशक अशोककुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधवलगायत कारखानाका कर्मचारीले स्वागत गरे ।

राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे ।

उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

राजदूत टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थकर समस्याहरूको समाधान नेपाल सरकारले तदारुकता साथ गर्ने कुरामा आशा व्यक्त गरे ।

उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए ।

यसअघि पनि केएनपी जापानको दुईजना जापानी राजदूतले अवलोकन भ्रमण गरेका थिए ।

धेरै टिप्पणी गरिएका