जोडिनुहोस

हालको खबर

  • होमपेज
  • उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न सरकारको आग्रह

उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न सरकारको आग्रह

काठमाडौँ । सरकार उद्योगीलाई उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अघि बढाउन निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।

सचिवद्वयले चाडपर्वलाई ध्यानमा राखी खाद्यान्नलगायत आवश्यक सामग्री पर्याप्त मौज्जाद भएकाले कुनै अभाव नहुने जानकारी दिए। साथै, माग र आपूर्तिमा असर पार्नेगरी वस्तु सञ्चित नगर्न उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता र विक्रेतालाई अनुरोध गरे।

मन्त्रालयले आपूर्ति सहज बनाउन कोरला नाका खुला गरिएको, सो नाकाबाट ठूलो मात्रामा सामान भित्रिएको र तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनाएको छ। दक्षिणतर्फका नाकाहरू पनि नियमित सञ्चालनमा आइसकेका छन्।

छलफलमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उत्पादनमूलक उद्योग, होटेल, रिटेल चेन र साना व्यवसायमा आगजनी, लुटपाट र तोडफोडका कारण निजी क्षेत्र निराश भए पनि नयाँ हौसलासहित अघि बढ्ने प्रयास भइरहेको बताए। सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा उनले जोड दिए।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका