
बैतडी। लगातारको वर्षापछि खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान ठूलो पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए ।
मार्ग अवरुद्ध भएपछि महेन्द्रनगर, धनगढी, काठमाडौंसँगै सदरमुकामको सडक सम्पर्क टुटेको छ । अवरुद्ध सडकका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
यसैबीच, खोड्पे–बझाङ सडकखण्ड अन्तर्गत मुस्याखानमा खसेको पहिरो पन्छाएर अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जनाएका छन् ।





































