जोडिनुहोस
  • होमपेज
  • चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

नेपालगञ्ज- राप्तीसोनारी गाउँपालिका-३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताए। सो घटनापछि स्थानीय आतंकित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए।

“हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदै छ”, उनले भने । मृतक थारुको शव पोष्टमार्टम पश्चात् वडाको सिफारिसमा परिवारलाई रु. १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका