
काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले छलफलका लागि बिहान ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाइएको आयोगले जनाएको छ ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।





































