जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितीको बैठक आज बस्दैछ । यसअघि मंगलबार बसेको बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि आज दिउसो १ बजे बस्ने गरि स्थगित भएको थियो ।

सो बैठकमा सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेपछि कांग्रेस अब महाधिवेशनतर्फ केन्द्रित भएको छ ।

आजको केन्द्रीय समितिको बैठक अघि कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।विशेष महाधिवेशन बोलाउन भन्दै ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।

सभापति देउवाले नियमित महाअधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएपनि देउवा समुहका नेताहरुले मङ्सिर भित्र महाधिवेशन गर्न तयार नभएपछि विवाद रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका