जोडिनुहोस
  • होमपेज
  • एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगलागी

एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगलागी

काठमाडौं । नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित शाखामा आगलागी भएको छ ।

शुक्रबार मात्रै भव्य उद्घाटन भएको उक्त शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । नेतृ चौधरीले आगलागीको घटनालाई ‘शङ्कास्पद’ भन्दै सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आज बिहान करिब ३ बजेतिर आगो सँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ ।

आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries