जोडिनुहोस
  • होमपेज
  • शहीदको स्मरणमा जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने

शहीदको स्मरणमा जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने

काठमाडौं। मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने भएको छ ।

शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिएका हुन् । एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवास साँझ हुने बताए ।

शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रवार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताए ।

मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाईतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताए ।

शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options