जोडिनुहोस
  • होमपेज
  • पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतर्फ सर्दै

पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतर्फ सर्दै

गुल्मी, प्यूठान, सल्यान, बागलुङ, हुम्ला, दाङलगायत पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतिर सरिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसहित स्थानीय वायुको प्रभावले बिहानैदेखि पश्चिम नेपालमा पानी परेकोमा त्यही प्रणाली पूर्वतिर सरिरहेको हो ।

पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भइरहेको वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्यूठानको स्वर्गद्वारीमा ६ घण्टामा ३२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै रोल्पा, दैलेख, गुल्मीलगायतका जिल्लामा पनि ६ घण्टामा २० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

पश्चिममा पानी पारिरहेको प्रणालीले लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र हुँदै बागमती र कोशी प्रदेशमा समेत वर्षा गराउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित असपासका क्षेत्र र कोशी प्रदेशका केही जिल्लामा पनि पानी परिरहेको छ ।

महाशाखाले अबको दुई दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँलगायतका बाली अहिले नकाट्न किसानलाई मौसमविद्ले सुझाव दिएका छन् ।मौसमविद् हरिप्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help