जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • ९ घन्टा अगाडि
  • होमपेज
  • बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ।

पिआईडीले काठमाडौँ महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तर्गतका वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न लागेको हो।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गरी नागरिकलाई सफा र प्रशोधित पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण प्रक्रिया थालिएको जानकारी दिए। उनले भने, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशनपश्चात् हामीले उक्त कार्यका लागि बोलपत्र आह्वान गरेका छौँ। नागरिकलाई सफा र प्रशोधित पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो।”

वितरण सञ्जाल सुधार कार्य अन्तर्गत रिङ रोड, बालाजु क्षेत्रमा कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ। बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधित पानी आपूर्ति गरिने पिआईडीले जनाएको छ।

उक्त सेवा सञ्चालनमा आएपछि मेलम्ची परियोजना अन्तर्गत दैनिक २७० मिलियन लिटर पानी काठमाडौँका विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पानी वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै काठमाडौँमा पानी आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइनेछ। यसले काठमाडौँ उपत्यकाभित्रको पानी सङ्कटलाई केही हदसम्म समाधान गर्न मद्दत पुग्ने खानेपानी मन्त्रालयले जनाएको छ। यो प्रक्रिया सुचारु भएसँगै काठमाडौँ महानगरपालिकाको बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्नेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs