
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन सामान्य छ। आर्थिक कारोबारमा संघर्ष गर्नुपर्ने छ। व्यवहारमा मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। सहकार्यमा गरेको कारोबारबाट फाइदा हुनेछ।
वृषः दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। घर र जग्गा सम्बन्धी कारोबार फस्टाउने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
मिथुनः दिन राम्रो छ। उच्च पदका व्यक्तिसँग भेट हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्ने छ। स्वदेशमै विकासको विकल्प देखेर मनमा खुशी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कटः दिन राम्रो छ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंहः सानो कुराले मनमा झन्झट बढ्नेछ। सहकर्मीसँग कम बोल्नु उचित हुन्छ। मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कन्याः दिन राम्रो छ। परिवारसँग घुमघामको तय हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्ने छ। वैदेशिक रोजगारीका सम्भावना बढेर जानेछन्। कामको बोझ भने थपिने छ।
तुलाः दिन सामान्य छ। श्रमको शोषण गर्ने जोखिम रहेको छ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा साथीले तपाईंको प्रशंसा गर्नेछन्।
वृश्चिकः दिन राम्रो छ। पञ्चम स्थानमा चन्द्रमा पुगेकाले बौद्धिक साथीसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
धनुः दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। अरुको कुरा सुन्ने बानी चटक्कै छोड्नु उचित हुन्छ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।
मकरः आज दिन राम्रो रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। मन शान्त बन्ने योग छ।
कुम्भः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले यसको सदुपयोग गर्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको विवादलाई ख्याल नगरी अगाडि बढ्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।
मीनः दिन राम्रो छ। आफ्नै राशीमा चन्द्रमा पुगेका छन्। सोचेको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।
































