जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी

प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी

काठमाडौं। एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओली जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीका कामकारबाही बारे १५ बुँदा उल्लेख गर्दै उनले ओलीका पछिल्ला काम कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई देखाउँछन् भन्दै प्रश्न गरेका छन् ।

उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् ।

रावलले पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाही डण्डा चलाउने काम गरेको बताएका छन् ।

डा. रावले ओलीलाई भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोन्ने दुराशयले सङ्क्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने काम जनविरोधी भएको दाबी गरेका छन् ।

यस्तै, नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठन गर्न पाउने कुरालाई कुण्ठित गर्ने मनसायले कानून ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने गरेको रावलको भनाइ छ ।

रावलले पार्टीका जनसङ्गठन, भ्रातृ सङ्गठन तथा विभिन्न स्तरका कमिटीहरूमा चुन्ने र चुनिन पाउने अधिकारको सम्मान गर्नुको साटो आफ्ना अन्धभक्तहरूलाई नेतृत्वमा ल्याउन केन्द्रबाट दबाब दिने काम ओलीबाट हुने गरेको आरोप लगाएका छन् ।

यस्तो छ १५ बुँदे टिप्पणी–

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help