जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना स् दुई जनाको ज्यान गयो, १९ जना घाइते

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना स् दुई जनाको ज्यान गयो, १९ जना घाइते

मेक्सिकन नौसेनाको एउटा जहाज अमेरिकाको न्यूयोर्कमा रहेको ब्रुकलिन पुलमा ठोक्किएर दुर्घटना भएको छ । मेक्सिकन नौसेना प्रशिक्षण जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र कम्तिमा १९ जना घाइते भएका त्यहाँका मेयर एरिक एडम्सलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

हिजो बेलुका पुलमा ठक्कर अघि जहाजले सन्तुलन गुमाएको थियो । अमेरिकी अधिकारीहरूले सदभावना भ्रमणमा रहेको जहाजमा दुई सय ७७ जना सवार रहेको बताएका छन् । दुर्घटनाका बेला खिचिएका भिडियोमा जहाज पुल मुनिबाट पार हुँदै गर्दा मुस्तल अर्थात् जहाजको माथि राखिने विशाल खम्बा ठोक्किएको देखिन्छ ।

त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । मेक्सिकन नौसेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै दुर्घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК