जोडिनुहोस
  • होमपेज
  • बाँकेको गुजरटोलमा वर्षौंपछि सडक कालोपत्र सम्पन्न

बाँकेको गुजरटोलमा वर्षौंपछि सडक कालोपत्र सम्पन्न

नेपालगञ्ज (बाँके)। कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्र गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको संयुक्त लगानीमा रु २३ लाख ९६ हजार २१८ मा सो सडक कालोपत्र गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका–९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरी जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने भनिएको थियो । कार्य पूरा भएपछि स्थानीय वडाध्यक्ष मुवारक अलि गुजरले खुशी व्यक्त गर्दै भने, “वर्षौं प्रयासपछि यो काम सम्पन्न भएको छ, खुसीको सीमा छैन ।”

वडाध्यक्षले केही बाँकी सडक आगामी आर्थिक वर्षमा कालोपत्र हुने जानकारी दिएका छन् । गुजरटोल बजारबाट साढे तीन किलोमिटर पश्चिममा अवस्थित पुरानो बस्ती हो । यस क्षेत्रमा विकास भए पनि यहाँको मुस्लिम समुदायको बस्तीको सडक विकास हुन सकेको थिएन ।

कालोपत्र पछि यहाँका दुई सय र नजिकैको बेलनपुरका करिब एक हजार चार सय मुस्लिम बासिन्दालाई यातायातमा सहजता भएको छ । हाल कोहलपुर नगरपालिकामा १८ वटा सडक स्तरोन्नति र तटबन्ध निर्माणका योजना जारी छन् । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार यस्ता योजना समावेशी विकास र दिगो पूर्वाधारमा योगदान पुर्‍याउनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options