
पुजन घिमिरे
झापा । राजनीतिक शक्तिको आडमा अवैध धन्दा चलाउँदै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदामबाट लाखौ मात्रामा औषधीजन्य लागूऔषध बरामद भएको सार्वजनिक गरिएको छ ।
प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी पक्राउ परेका भरिया र लागुऔषधजन्य औषधि सार्वजनिक गरेको हो । बिर्तामोड प्रहरीले ठूलो उपलब्धीको रुपमा त्यसलाई लिँदै शुक्रबार बिहान सार्वजनिक गरेको हो । बरामद भएका औषधीजन्य लागूऔषधहरु यसप्रकार छन्
१) Tramadol Hydrochloride Capsules IP १,०३,८००
२) Tramadol Hydrochloride Injection– १८७० एम्पुल
३) Tramadol and Acetaminophen Tablets– ४०५०
४) Dicyclomine HCL Tablets IP २० mg– ९७,०००
५) Sildenafil Tablets IP १०० mg (ZENEGRA MT RED १००);– ८,९००
६) Combipack of mifepristone tablets IP & misoprospol Tablets IP (Termipil kits)ः– ७,६५० Tablets )
विहिबार दिउँसो बिर्तामोड–५ लोटस होटल छेउमा बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले बिर्तामोड–५ बस्ने ५० वर्षीय भानुभक्त खरेलले मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिई औषधीजन्य लागूऔषधहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो । त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा थप टोली खटिएर ती औषधीजन्य लागूऔषध बरामद गरेको होे । प्रतिबन्धित औषधीसहित खरेलका कामदार अर्जुनधारा–६ बस्ने घिमिरेलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याई राखिएको छ । भानुभक्त खरेल फरार रहेको बताईएको छ ।

प्रहरीले सार्वजनिक गरेका घिमिरे भरिया मात्रै मालिक जोगाउन खोजेको आशंका
प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका ब्यक्ति घिमिरे सनलाईट फर्माका कामदार मात्रै रहेको केही तथ्य फेला परेको छ । उनले हामीलाई दिएको भिडियो अन्तरवार्तामा आफुले भानुभक्त खरेलले संचालन गर्दै आएको सनलाइट फर्मामा मासिक १५ हजार रुपैयाँमा काम गर्ने गरेको बताए । उनले खरेलकै आदेशमा सबै काम गर्दै आएको समेत खुलाएका छन् । त्यस्तै घरधनि रमा देबी ढकालले समेत उक्त गोदाम खरेललाई नै दिएको बताईन ।
तर, प्रहरीले भने पत्रकार सम्मेलनमा सार्वजनिक गरेका कामदार घिमिरे नै उक्त औषधीको मालिक जसरी देखाएको थियो । लाखौ ट्यावलेट लागुऔषध पक्रनउ गर्दा पनि मालिक खरेलको नाम प्रहरीले काँहीकतै उल्लेख नै गरेको छैन । यसबाट प्रहरी नै सेटीङ गरेर खरेलले लागुऔषधको कारोबार गर्ने गरेको भन्ने आरोप थप पुष्टि हुनेक्रममा रहेको सहजै शंका गर्न सकिन्छ । यसैगरी कामदार घिमिरेउपर मात्रै मुद्धा चलाईन सकिने र खरेल जोगाउने परिपञ्चका रुपमा पनि आजको पत्रकार सम्मेलनलाई हेर्न सकिने जानकारहरु बताउँछन् ।





































