
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर १ लाख ९६ हजार ३०० रुपैयाँ पुगेको हो । आइतबार यसै सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ । नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै भोलि–पर्सि पनि परिवर्तन हुने व्यवसायीहरूले बताएका छन् ।




































