जोडिनुहोस
  • होमपेज
  • चितवनमा चोरी गर्न बालबालिकाको प्रयोग बढ्दो

चितवनमा चोरी गर्न बालबालिकाको प्रयोग बढ्दो

चितवन : गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एकजना बालक पक्राउ गरी कारबाही गरिएको हो। प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थालेको छ ।

विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो। ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन्’, उनले भने। लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ। सार्वजनिक कसूर/अभद्र व्यवहारमा समेत  बालबालिकालाई प्रयोग  गर्ने गरेको उनले बताए।

चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्छन्। ‘चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ’, उनले भने।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115