
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन राम्रो छ। सोचेको काम बन्नेछ। हरेक काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृषः आज तपाईंका लागि दिन राम्रो छ। शुभ ग्रह भएकाले सोचेको काम बन्नेछ। आम्दानी बढ्नेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुनः तपाईंको दिन धेरै नै राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।
कर्कटः आज तपाईंका लागि संघर्ष गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम छ। विवादले सताउने हुनसक्छ। शिक्षामा मिहिनेत गरेको भए प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
सिंहः दिन राम्रो छ। पुरानो साथीसँग रमाइलो भेट हुनेछ। परिवारको साथ मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
कन्याः आज धेरै नै झन्झटको सामना गर्नुपर्नेछ। घरभित्र तनाव हुनेछ। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।
तुलाः दैनिकी राम्रो छ। तपाईंको उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिकः दिन राम्रो छ। आज तपाईंलाई जिम्मेवारी थपिनेछन्। सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ।
धनुः दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साह रहनेछ। आफूले नसोचेका मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। ख्यानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।
मकरः दिन राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भः दिन सामान्य छ। राम्रो काम गरे पनि जस भने अरुले लिने छन्। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ।
मीनः आज बढी नै झन्झट बढ्नेछ। आफ्नो मान र मर्यादामा आँच आउने जोखिम छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। तपाईंको बोलीको अर्थ उल्टो लगाउने सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।































