जोडिनुहोस
  • होमपेज
  • संसद्को अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग

संसद्को अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग

प्रतिनिधिसभाको अवरोध खुलाउने पहल लिन सरकारलाई रुलिङ गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग उठेको छ । यस्तो माग प्रतिनिधि सभामै उठेको हो । प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

यही माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले सदनको बैठक नै बहिष्कार गर्दै आएका छन् । अवरोध र बहिष्कारका बीचमा सदनको कामकारबाही अगाडि बढाइएको र यो संसदीय अम्भ्यास र मूल्य मान्यता विपरित रहेको भन्दै आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको भूमिका खोजेका हुन् ।

‘बजेटमाथि छलफल चलिरहेको छ तर, संसद्‌मा विरोध प्रदर्शन भइरहेको छ । सरकारलाई मतलब छैन’ उनी भन्छन्, ‘म सभामुखलाई आग्रह गर्न चाहन्छु– सरकार गम्भीर हुन निर्देश होस् । सभामुखबाट रुलिङ होस् भन्ने माग गन चाहन्छु ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Best non gamstop casino UK transparency