जोडिनुहोस
  • होमपेज
  • पर्यटकीय केन्द्रको रूपमा चर्चामा दाङको राजाकोट

पर्यटकीय केन्द्रको रूपमा चर्चामा दाङको राजाकोट

तुलसीपुर (दाङ)। दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँबाट सिस्ने, पुथा र माछापुच्छ्रेलगायतका हिमालहरूका साथै दाङको सम्पूर्ण भूभाग, बबई र राप्ती नदी तथा बाँकेका क्षेत्रहरू अवलोकन गर्न सकिन्छ।

दङ्गीशरण–२ गोल्टाकुरीका प्रकाश डाँगीका अनुसार राजाकोट अवलोकनका दृष्टिले रमणीय स्थल भएकाले यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ।

स्थानीय चक्रमिलन विश्वकर्माका अनुसार राजाकोट दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ऐतिहासिक स्थल हो। सो स्थानमा पुरानो टेलिकम टावर पनि रहेको छ।

गोल्टाकुरीबाट करिब पाँच किलोमिटर पैदल यात्रा गरेर राजाकोट पुग्न सकिन्छ। यो क्षेत्र विगतमा रुकुम, सल्यान र रोल्पाका नागरिकले तिलकन्या नाकामार्फत हाटबजार आवतजावतका लागि प्रयोग गर्ने मार्गसमेत रहेको स्थानीय देवीराम कुसारीले बताए।

हाल राजाकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढ्दै गएको छ। शनिबार पनि विभिन्न स्थानका युवाहरूले हाइकिङ गर्दै स्थल भ्रमण गरेका थिए।

दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीका अनुसार राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय सरकारले आवश्यक पहल सुरु गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances

छुटाउनु भयो कि?