जोडिनुहोस
  • होमपेज
  • प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले संसद्मा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् ।प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन रहेको भन्दै बहिष्कार गरेको साहले बताए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद साहले सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहीन प्रश्नोत्तर कार्यक्रम हटाउन माग समेत गरेको उनले बताए । संसद्को कार्यसूचीबाट हटाउन माग गर्दा पनि नहटेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेको उनको भनाइ छ । सांसद साहले प्रधानमन्त्रीले साना दलका सांसदलाई हेपेको समेत बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help