जोडिनुहोस
  • होमपेज
  • जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् । शनिबार जुम्ला पुगेका उनले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गरेका हुन् ।

आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ’, उनले भने ।

जिल्लाको हिमा गाउँपालिका–१ देवारगाउँमा आज आयोजना हुने बास सम्मेलनमा सहभागिता जनाउन, यहाँको खानेपानीसम्बन्धी समस्या बुझेर समाधानका उपाय पहिचान गर्न मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामकुमार श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी यहाँ पुगेका हुन् । उक्त टोलीले मुलुकको पहिलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाको अवलोकन समेत गरेका थिए ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14