जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

 

धेरै टिप्पणी गरिएका