जोडिनुहोस
  • होमपेज
  • भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकलाई सहज बनाउन पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

वडाध्यक्ष नवराज माङपाहाङका अनुसार किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ ।

किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरी जस्ता संरचना निर्माण भएका छन् । पाँचधारे पोखरीको मौलिक स्वरूप जोगाउँदै मर्मत गरिएको छ भने सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका