जोडिनुहोस
  • होमपेज
  • भागेको भनिएका पूर्वमन्त्री खड्का जलेको घरबाटै सार्वजनिक

भागेको भनिएका पूर्वमन्त्री खड्का जलेको घरबाटै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भागेको’ दाबी गरेका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाट सार्वजनिक भएका छन्।

गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि पूर्वमन्त्री खड्का भागेको बताएका थिए। एक अन्तर्वार्तामा उनले भनेका थिए, “अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभाग समेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्।”

तर पूर्वमन्त्री खड्का आज आफ्नो बुढानीलकण्ठस्थित आन्दोलनकारीले जलाएको घरबाटै पत्रकारहरूसँग अन्तरक्रिया गर्दै सार्वजनिक भएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options