
हिन्दु धर्मावलम्वीहरूको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ। धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दीपावली मनाउन भव्य तयारी गरिएको हो।
दीपावलीलाई मध्यनजर गरी जनकपुुरधामलाई बेहुलीझैँ सजाइएको छ। जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ। केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिँदैछ।
मिष्ठान भण्डारहरूमा प्रसादका लागि मिस्ठान किन्नेहरूको भीड लागेको छ। दिपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरूले बिशेष तमझामका साथ मनाइरहेको देखिएको छ। व्यापारीहरू आ–आफ्ना व्यापारिक प्रतिष्ठानहरूलाई सजाएका छन्।
यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दिपवालीको पूर्वसन्ध्यामा नगर सरसफाई गरिएको थियो। त्यस्तै विद्युतीय पोलहरूमा नयाँ बल्वहरू समेत जडान गरिएको हो।





































