जोडिनुहोस
  • होमपेज
  • शेयर बजार २७ सय विन्दुमुनि झर्‍यो, कारोबार रकम भने बढ्यो

शेयर बजार २७ सय विन्दुमुनि झर्‍यो, कारोबार रकम भने बढ्यो

आइतबार दोहोरो अङ्कले घटेको शेयर बजार सोमबार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ७ दशमलव ७५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ । सोमबार विकास बैंक, होटल, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर सबैभन्दा धेरै साढे १ प्रतिशतले ओरालो लागेको छ ।गूडविल फाइनान्सको डिबेन्चर र एनएमबी हाइब्रिड फन्ड साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । सोमबार नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार ८ अर्ब ४३ करोडको कारोबार भएकोमा सामबार ३ सय १९ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ८ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।

धेरै टिप्पणी गरिएका