जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ लिँदै

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ लिँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दै छन्।

निकै लामो रस्साकस्सीपछि गए राति गभर्नरमा नियुक्त भएका डा. पौडेलले आज शपथ लिने कार्यक्रम तय गरिएको छ।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, डा. पौडेलले आज बिहान कार्यालय खुलेपछि अर्थ मन्त्रालय पुगेर आफ्नो नियुक्ति पत्र बुझ्नेछन्। त्यसपछि उनी सर्वोच्च अदालत जानेछन्, जहाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई शपथ गराउनेछन्।

शपथपछि डा. पौडेल आजै नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact