
केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ ।
पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे ।

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ । यो पुल ४८ दशमलव ८ मिटर लामो छ ।

सन् २०२४ सेप्टेम्बरमा आएको बाढी पछी भारतले बाढीले क्षति पुर्याएका महत्वपूर्ण सडक पूर्वाधारहरूको पुनर्निर्माण र कनेक्टिभिटी सुदृढीकरणका लागि अनुदान अन्तर्गत १० वटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिजहरू नेपाललाई प्रदान गर्यो।
यी १० वटा पुलहरू मध्ये पुवा खोलाको पुल एक हो। नेपालका विभिन्न भागहरूमा कनेक्टिभिटी सुधारका लागि मद्दत गर्न अन्य तीन पुलहरू पहिले नै जडान भइसकेका छन्।






































