जोडिनुहोस
  • होमपेज
  • घान्द्रुक पर्यटन महोत्सव: घोडा दौड प्रतियोगितामा विवेक पुन विजयी

घान्द्रुक पर्यटन महोत्सव: घोडा दौड प्रतियोगितामा विवेक पुन विजयी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भए ।
उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।

भलिबलको दुवै विधाको फाइनल शनिबार घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको उपाधिका लागि अन्नपूर्ण युथ क्लब र पोखरा भलिबल प्रशिक्षण केन्द्र भिड्ने महोत्सव संयोजक अमृत लामा गुुरुङले जानकारी दिए ।

यस्तै भेन्ट्रान्स भलिबलतर्फ किङ्स क्लब अफ पोखरा र अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समिति उपाधिका लागि भिड्ने छन् । भलिबलको दुवै विधाको फाइनल खेल शनिबार हुने महोत्सव संयोजक गुरुङले जानकारी दिए ।यस्तै बास्केटबलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा मेश्रम युथ क्लब र टिम समाकुसी भिड्ने छन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र अन्नपूर्ण युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव भोलिसम्म सञ्चालन हुनेछ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।
घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका