जोडिनुहोस
  • होमपेज
  • सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी, गोताखोरसहित प्रहरी परिचालन

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी, गोताखोरसहित प्रहरी परिचालन

इटहरी (सुनसरी)। बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा सोमबार बेपत्ता भएका दुईजनाको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ। खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य हिजो बिहान करिब ८ः३० बजे नदीमा डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाको जानकारी पाउनासाथ प्रहरी उद्धारमा खटिएको बताए। गोताखोरसहित तालिमप्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बेपत्ताहरूको खोजी गरिरहेको उनले जानकारी दिए।

प्रवक्ता खतिवडाले भने, “हिजो पानीको सतह बढेको र धमिलो भएका कारण खोजीमा कठिनाइ भएको थियो। तर, आज बिहानैदेखि खोजी कार्यलाई निरन्तरता दिइएको छ।”

सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार पाँच जना तालिमप्राप्त गोताखोरसहित ११ जना पौडीबाजको टोली बिहानैदेखि खोजीमा जुटेको छ। उनीहरू बराह क्षेत्र मन्दिरमा पूजा गर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

धेरै टिप्पणी गरिएका