देश
पार्टीभित्रैबाट पर्याप्त सहयोग नपाएकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि, बाहिरिया शक्तिले घेराबन्दी गरेको आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले पार्टी भित्र र बाहिरबाट सरकारलाई असहयोग भएको भन्दै असन्तुष्टि पोखेका हुन्।
उनले भने- ‘गाली खानका लागि कुनै गल्ती गर्नु पर्दैन भन्ने अहिले.. गल्ती गर्नेहरूले, अपराधीहरूले, समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्त्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबभन्दा बढी घेराबन्दी गर्ने, विरोध गर्ने गरिरहेका छन् । तर, हाम्रै साथीहरूमा पनि कताकति फेरि….! यत्तिकै यो विरोध भएको छ त ? यत्तिकै विरोध त भएको होइन होला ? यो भ्रम छर्न खोज्या हो कि, भ्रममा सामेल हुन खोजेको नबुझिने गरी त्यस्ता आशङ्का उब्जिने गरी बोल्ने गरेको पाइन्छ ।’
प्रधानमन्त्री ओलीले यसमा विभिन्न प्रकारका शक्ति सामेल भएको दाबी गर्दै विरोधीहरूले सङ्गठित तवरले घेराबन्दी र हमला गरेको आरोप लगाए ।उनले विभिन्न प्रकारका वैदेशिक शक्तिहरूले एमालेलाई सहयोग नगरिरहेको बताउदै भने- ‘यहाँ नेतृत्वले केही गल्ती त गरेन ?’ भनेर पार्टीभित्रै प्रश्न गर्नेहरू रहेको बताए ।
प्रधानमन्त्री ओलीले आन्दोलनको उद्देश्य, राष्ट्रियताको सवाल छोडिदिए हाइहाइ भइहाल्ने बताउदै भने- ‘म पनि जेठ महिनाभित्र हाइहाइ भइहाल्छु नि । यसो गरे त । मैले गल्ती छाडेँ भन्दिने हो भने हाइहाइ भइहालिन्छ नि, राष्ट्रियताका सम्बन्धमा सवाल उठायो होला, विरोधको सामना गरिराख्या छ । जनताका सवाल, अग्रगमनका सवाल उठाएको छ, आलोचनाको तारो भइराख्या छ, आलोचनाको तारो नहुने खालको पो नेता खोज्नुपर्छ कि ?




































