जोडिनुहोस
  • होमपेज
  • ‘५ जिल्लाबाहेक अरू भाडामा दिए हुन्छ’ भन्ने सांसद सिंहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा चर्काचर्की

‘५ जिल्लाबाहेक अरू भाडामा दिए हुन्छ’ भन्ने सांसद सिंहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा चर्काचर्की

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी ५ बाहेक ७२ वटा जिल्ला अरू देशलाई लिजमा दिउँ भनेपछि संसद् बैठकमा भनाभन भएको छ ।

सांसद सिंहले प्रधानमन्त्री, सत्तारूढ दल कांग्रेसका सभापति, मन्त्रीलगायतले प्रतिनिधित्व गर्ने ५ बाहेक अरू जिल्लामा बजेट कम परेको भन्दै ती जिल्ला अरू देशलाई लिजमा दिउँ भनेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियम आपत्ति जनाउनुभयो । उहाँले सांसद सिंहको भनाइ संसद्को रेकर्डबाट हटाएर कारबाहीसमेत गर्नुपर्छ भनेपछि बर्तौला, सांसद सिंह र सभामुख देवराज घिमिरेबीच भनाभन भएको हो ।

एमाले र कांग्रेसका अरू सांसदहरू पनि उठेर सिंहलाई कारबाहीको माग गरे । चर्काचर्की भएपछि सभामुख घिमिरले सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिँदै विषयमा बोल्न निर्देशन दिनुभयो । सिंह थप आक्रोशित भएर बोल्न थालेपछि सभामुख घिमिरेले विषयमा बोल्न वा डायस छाडेर तल जान निर्देशन दिनुभयो ।

सभामुख घिमिरेले आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिष्कारकैबीच कार्यसूचीमा प्रवेश गर्नुभएको हो । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् । आजको बैठकमा पनि आउँदो वर्षको बजेटअन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options