जोडिनुहोस
  • होमपेज
  • रामेछापको तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुल भाँचियो

रामेछापको तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुल भाँचियो

मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ । आज बिहान पुलको स्ल्याब भाँचिएको हो । यसअघि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला कुनौरी तर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो ।

सडक विभागको पुल शाखाले २०७८र०७९ मा टेण्डर आह्वान गरेसँगै कालिका कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा २०८२ साल भदौ महिना भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई सय ३० मिटर लामो पुलको चौडाई ११ मिटरको रहेको छ ।

निमार्णाधीन पुल सदरमुकाम मन्थली हुँदै क्षेत्र नम्बर २ को खाँडादेवी, दोरम्वा शैलुङ्ग र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ । तामाकोशी नदीको पुल भाँचिएसँगै मापदण्डको विषय उठेको मन्थली नगरपालिका–७ भटौलीका रामचन्द्र शर्माले बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances