जोडिनुहोस
  • होमपेज
  • संसद्‌मा चित्रबहादुरको व्यंग्य ; नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने

संसद्‌मा चित्रबहादुरको व्यंग्य ; नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने

राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सभामुख महोदय, आजको विषय गम्भीर छ । अब अलि चर्को कुरा गरौं भने सत्तामा बस्ने साथीहरूलाई घोचपेच गरे जस्तो हुने । कुरा जस्तो कुरा गरौं भने चित्त फाट्ने । नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने भन्थ्यो रे एउटाले, त्यस्तै स्थिति छ,’ सांसद केसीले व्यंग्य गरे ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा नेपालमा युवाहरूको स्थिति कस्तो छ भनेर प्रष्ट हुन आवश्यक रहेको बताए । युवाहरूलाई के पढाइएको छ, के सिकाइएको छ त्यो ख्याल गर्न आवश्यक रहेको बताए ।

अहिलेको शिक्षाले विदेश जाने जनशक्ति उत्पादन भइराखेको उनले बताए । आफूहरूले पढ्दा राम्रो नपढे शिक्षक समेत बन्न नसक्ने भन्ने गरिएको तर, अहिले जुन देशमा जाने हो त्यो देशबारे सिकाउने कार्य शैक्षिक क्षेत्रबाट भइराखेको उनले बताए ।

युवाले नेपाली नजान्ने र अंग्रेजी ज्यादा जान्ने प्रवृत्ति यसको उदाहरण भएको उनले बताए । निजी स्कुलमा नेपाली बोल्न नपाइने अवस्था रहेको स्मरण गर्दै उनले शिक्षा प्रणालीले नेपालको भूमि अनुसारको जनशक्ति उत्पादन नभइराखेको बताए । यसको दोष राज्य सञ्चालन गर्नेहरू रहेको बताए ।

पुर्खाको चरित्र के थियो त्यो बिर्सेर कार्य गर्दा शिक्षा प्रणाली ध्वस्त भएको बताए । शिक्षा प्रणालीले युवालाई विदेशमा बेच्ने काम गरिरहेको उनको टिप्पणी छ ।

लोकतन्त्र, गणतन्त्रमाथि जताबाट पनि आक्रमण हुन थालेको भन्दै उनले व्यवस्थाप्रति विश्वास जगाउन बजेट वितरण समेत समान हुन सक्नुपर्ने बताए । अन्यथा, मुलुक थप समस्यामा पर्ने उनले बताए ।

 

धेरै टिप्पणी गरिएका