जोडिनुहोस
  • होमपेज
  • वीरगञ्ज भन्सार नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज भन्सार नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

चालू आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपौयँ सङ्कलन गरेको छ । जबकि गत आर्थिक वर्षको यही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ सङ्कलन भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका