जोडिनुहोस
  • होमपेज
  • डिसहोमले ल्यायो नयाँ योजना : हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट

डिसहोमले ल्यायो नयाँ योजना : हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट

डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुसीको बोनस ३६५ दिन नै बोनस’ योजना सार्वजनिक गरेको छ।

ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन यो योजना ल्याइएको डिशहोमले जनाएको छ। यो योजनाअन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन्।

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन्।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ। शुक्रबार नभएमा आइतबार साँझ ५ बजे गरिनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help