जोडिनुहोस
  • होमपेज
  • देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ : डा. शेखर कोइराला

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ : डा. शेखर कोइराला

काठमाडौं। नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था निरन्तर खस्किँदै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले मुलुकको वर्तमान अधोगतिमा सुधार ल्याउन विद्यालय, राजनीतिज्ञ र कर्मचारीतन्त्र सहित समाजका सबै तहले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार काठमाडौँस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सवमा बोल्दै सांसद कोइरालाले निराशामा मात्र डुब्नुको साटो सकारात्मक सोचका साथ देशलाई अघि बढाउने उपायमा केन्द्रित हुनुपर्ने बताए। उनले देश निर्माणका लागि सामूहिक प्रयास र सकारात्मक दृष्टिकोण अनिवार्य रहेको उल्लेख गरे।

डा. कोइरालाले शिक्षा क्षेत्रमा राज्यको लगानी र नीतिको आलोचना गर्दै अनुदान वितरणको परम्पराले विद्यालय र शिक्षा क्षेत्रको विकासमा समस्या आएको बताए। उनले महिला शिक्षाको महत्व विशेष गरी औँल्याउँदै घरमा एउटी महिला शिक्षित हुँदा सम्पूर्ण परिवार शिक्षित हुने बताए।

सांसद कोइरालाले नियम, ऐन, कानुन बनाउनेदेखि सञ्चारमाध्यमसम्म कतै न कतै चुकिरहेको आत्मसमीक्षा गर्नुपर्ने र सार्वजनिक तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारको ध्यान जानुपर्ने बताए। उनका अनुसार शिक्षा नै नेपाललाई विश्वमा चिनाउने आधार हो र राज्यको पहिलो प्राथमिकता शिक्षा क्षेत्र हुनुपर्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players