
झापामा लागूऔषध नियन्त्रणका लागि खटीएका प्रहरी कर्मचारीको गतिबिधि शंकास्पद र बिवादीत देखिएको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट झापामा खटिएको प्रहरी टोलीको गतिबिधि बिवादीत देखिएको हो ।
उनिहरुले ब्राउन सुगरका कारोबारीसँग प्रत्यक्ष सम्बन्ध राखेर लाभ लिदै आएको खुलेको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट झापामा खटिएकातीन जना प्रहरीहरुले झापाका बिभिन्न लागुऔषध कारोबारीसँग लाभ लिदै बुझिएको छ ।
कन्काई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा रहेको पमु खाजाघरका संचालकलाई प्रयोग गरी ब्युरोको टोलीले लाभ लिदै आएको ब्यूरो स्रोतले बताएको छ ।उक्त खाजाघरमा केही यौनकर्मी महिला रहेको स्रोतको दाबी छ ।
उनिहरुले ब्राउन सुगर नामको लागु औषध सेवन गर्ने गरेका छन् भने उनिहरुलाई संचालक गुरुङ थरका एक व्यक्तिलेनै लागू औषध ब्राउन सुगर उपलब्ध गराउदै आएको बताईन्छ । त्यसवापत केही प्रहरीले लाभ लिदै आएको श्रोतको दाबी छ । यस्तै ति गुरुङ दम्पत्ती करिब ३ वर्ष अघि ब्राउन सुगरको कारोबार गर्दागर्दै पक्राउ परेर कार्बाहीमा परिसकेका ब्यक्ती रहेको स्थानीयले बताएका छन् । त्यस्ता ब्यक्तीसँग चौबिसै घण्टा ब्यूरोको टोलीको साँठगाँठ देखेर आफूहरु छक्क पर्ने गरेको उनिहरुले बताएका छन् ।
बुधबार समेत लागू औषध नियन्त्रणको टोली र निज गुरुङ इलाका प्रहरी कार्यालयमा सँगै भेटीएका थिए । यस्तै अन्य स्थानबाट पक्राउ गरेको ब्राउन सुगरको आधा हिस्सा गुरुङलाई पनि उपलब्ध हुने र सोही ब्राउनसुगर होटलका यौनकर्मी महिलालाई बिक्री गर्ने गरेको प्रहरी श्रोतको दाबी छ ।
यस्तै लागु औषध नियन्त्रण ब्यूरोको टोलिकै संरक्षणमा गरामनी प्रहरी चौकी नजिकै रहेको एक होटलमा समेत लागु औषधको कारोबार हुने गरेको पाईएको छ । त्यसबापत मासिक लाईन ब्यूरोको टोलिले असुल्ने गरेको बिर्तामोड नगरपालिकाका एक जनप्रतिनिधिले बताएका छन् । नाम नखोल्ने शर्तमा उनले राई थरका एक व्यक्ति यो धन्दामा संलग्न रहेको र ब्यूरोसँग त्यसको चाँजोपाँजो मिलाइदिने काम आफुलाई प्रतिष्ठित बताउने बिर्ता बजारतिरका एक ब्यापारीले गरेको उनको दाबी छ ।
केही समयअघि धुलाबारी क्षेत्रबाट लाग्पदार्थ सेवन गर्दागर्दै पक्राउ परेका ४३ जना दुब्यसनीलाई सुधारकेन्द्रमा राखेवापत प्रत्येकबाट ७ देखी १० हजार रुपँयासम्म कमिशन बुझेको ब्यूरो श्रोतले जानकारी दिएको छ ।
केही समय अघि भारतमा सवारी चोरी गरी नेपाल छिरेका संजु बिक नाम गरेका नेपाली नागरिकलाई नेपालमा पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाउन खोजेको र त्यसवापत आधा किलो ब्राउनसुगर सहित भारतीय नागरिकलाई नेपाल ल्याईदिनुपर्ने शर्त राखेपछी झापाका अन्य प्रहरीसँग उनको भनाभन समेत भएको थियो । ब्यूरोमा काम गरेको देखाउन उनले भारतबाटै त्याहाँको प्रहरी लगाएर ब्राउनसुगर सहित भारतीय नागरिक नेपाल ल्याउने र आफूले ठूलो मात्रामा ब्राउनसुगर पक्राउ गर्न सफल भएको भन्दै संचारमाध्यम मार्फत हल्ला फैल्याउने गरेको ब्यूरो श्रोतको दाबी छ ।
गत श्रावन १६ गते भद्रपुरमा एक भारतीय नागरिकलाई गोली हानेर ब्राउनसुगर सहित पक्राउ गरेको घटनामा पनि भुमिका शंकास्पद देखिएको छ । ति लागु औषध कारोबारी नेपाल आएको र उनले ठूलो मात्रामा ब्राउन सुगर बोकेको सुचना दिने सहयोगीको नाम समेत प्रहरीले नै बिहार ठाकुरगंजस्थित ब्राउनसुगर ब्यापारीकोमा पुर्याएको फेला परेको छ । हाम्रो संम्पर्कमा आएका ति सुचकले बिहारबाट आफुलाई निरन्तर धम्की आएको वाट्एप्स म्यासेज समेत देखाएका छन् ।
झापामा लागुऔषध बरामद गर्ने क्रममा प्रहरीले गोली चलाउँदाको सबै भिडियो खिच्ने गरेको पनि ब्यूरो श्रोतको दाबी छ । यतिमात्रै होइन भारतीय गाडी जाकटी राखेर रकम लगानी गरी चर्कौ ब्याज असुल्ने समेत धन्दा चलाउदै आएका छन् । काकडभिट्टाका शाह थरका ब्यक्तीसँग मिलेर क्यासिनो खेल्न आएका र हारेका भारतीय नागरिकहरुको महँगा सवारी साधन उनिहरुले धरौटी राख्ने गरेका हुन् ।
यसैगरी जिल्लाकै कमण्डरका हिसाबले चुस्त दुरुस्त ड्युटीमा खटिनुपर्ने प्रहरीले नै दिनभर आफन्तको गाई फारम र रात परेपछी लागु औषधका ब्यापारीसँग भुल्लिने गरेको ब्यूरो श्रोतको दाबी छ । करिब ४ बर्ष अघिबाट गृह जिल्लामै डेरा जमाउदै आएकालाई ३ बर्ष अघि अभियुक्तबाट बरामद गरिएको गाडी मोटर साइकल र रकम चोरी गरेको ओप समेत लागेको थियो ।
लागू औषध नियन्त्रणका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले ६ जना प्रहरी कर्मचारी खटाएको छ । तर, प्रहरीको गतिबिधिको कारण नियंत्रण भन्दा प्रायोजित हल्ला मात्रै ठूलो गरिएको झापाका स्थानीयहरुले बताउने गरेका छन् ।
पुजन घिमिरे





































