जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ घोषणापत्र जारी गर्दै नेपाल सम्वाद शिखर सम्मेलन सम्पन्न

काठमाडौँ घोषणापत्र जारी गर्दै नेपाल सम्वाद शिखर सम्मेलन सम्पन्न

काठमाडौँ। विभिन्न ४६ संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल सम्वाद शिखर सम्मेलन–२०८२’ काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा गत भदौ २३ र २४ को जेनजी प्रदर्शन पश्चात मुलुकमा न्यायोचित शान्तिका लागि संवाद अपरिहार्य रहेको ठहर गरेको छ ।

“संवाद असहमतिलाई अवसरमा बदल्ने सिर्जनशील साधन र प्रक्रिया भएको स्पष्ट पार्दै सम्मेलनले राष्ट्रिय समस्याका रूपमा देखिएका विवादित मुद्दाको निकासका लागि साझा आधार” बन्न सक्ने सम्मेलनको घोषणापत्रमा उल्लेख छ ।

करुणाभाव, समानुभूति, सहिष्णुता, अरूका विचार, दृष्टिकोण वा आग्रह सुन्ने धैर्य र संस्कृतिको सम्मानसहितको संवाद प्रक्रियाबाट नै सत्य र हित पत्ता लगाउँदै अगाडि बढ्न तत्पर हुन द्वन्द्व वा विवादरत सबै पक्षहरूलाई यो सम्मेलनले आग्रह गरेको छ ।

शान्तिका पूर्वाधार, संवाद प्रक्रिया र सहजकर्ताका संयन्त्र तथा भूमिकाका बारेमा राज्यले सम्बोधन गर्ने प्रावधान नभएकोले संवाद र सहजकर्तासँग सम्बन्धित राष्ट्रिय नीति, कानुन र संयन्त्रको व्यवस्थाका लागि आवश्यक कानुनी प्रावधानको तर्जुमा गरी विधायनप्रक्रिया अगाडि बढाउन सम्मेलनले सरकारसँग माग गरेको छ ।

शान्तिस्थापना, सुशासन र नागरिक अधिकारको परिपूर्ति नै सामाजिक सद्भाव र न्यायका अपरिहार्य स्तम्भ भएको मानवअधिकारको सम्मान, संरक्षण र परिपूर्तिसहितको सुशासन कायम गर्दै नागरिकप्रति उत्तरदायी सेवा प्रवाहका लागि सम्मेलनले राज्यका सबै संयन्त्रलाई अपिल गरेको छ ।

सम्मेलनले नेपालको संवाद प्रक्रियालाई सुदृढ बनाउन आवश्यक प्रमुख प्रतिबद्धता समेटिएको औपचारिक घोषणापत्र पारित गर्दै सम्पन्न भएको उल्लेख गरिएको छ ।

सम्मेलनको उद्घाटन यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दी ःक। ज्बललब क्ष्लनभच ज्बmमथ गर्नुभएको थियो ।

सम्मेलनको मुख्य वक्ताका रूपमा कूटनीतिज्ञ डा शम्भुराम सिम्खडाले नेपालको लोकतान्त्रिक यात्रामा समावेशी र निरन्तर संवादको मूल्य अपरिहार्य रहेको बताउनुभएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका