जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य बढेसँगै मूल्यले नयाँ उचाइ चुमेको हो ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भइरहेको छ । यस्तै आज चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

धेरै टिप्पणी गरिएका