जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा भारी गिरावट: तोलामा साढे ७ हजार रुपैयाँले घट्यो

सुनको मूल्यमा भारी गिरावट: तोलामा साढे ७ हजार रुपैयाँले घट्यो

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

धेरै टिप्पणी गरिएका