जोडिनुहोस
  • होमपेज
  • पूर्व प्रहरी प्रमुख दुर्लभ थापाको निधन , अन्तिम श्रद्धाञ्जली गौशालामा

पूर्व प्रहरी प्रमुख दुर्लभ थापाको निधन , अन्तिम श्रद्धाञ्जली गौशालामा

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजिपी) दुर्लभकुमार थापाको निधन भएको छ। दिवंगत थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आज बिहान गौशालास्थित प्रहरी वृत्तमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रम बिहान पौने १० बजे सुरु भई १० बजे पशुपति आर्यघाटतर्फ शवयात्रा निस्कनेछ। कार्यक्रममा नेपाल प्रहरीका वर्तमान आईजिपी दीपक थापा, एआइजी, डिआइजी, एसएसपीसहित वरिष्ठ प्रहरी अधिकारीहरूको उपस्थिति रहनेछ।

शवयात्रामा सहभागी हुन चाहने प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई कार्यालय पोशाकमै उपस्थित हुन निर्देशन दिइएको छ। दुर्लभ थापा नेपाल प्रहरी सेवामा लामो समय समर्पित भई नेतृत्वदायी भूमिकामा रहेका थिए। उनका योगदानहरूलाई स्मरण गर्दै प्रहरी परिवारले अन्तिम बिदाइको तयारी गरेको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Best non gamstop casino UK transparency